logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ५ सय ६० जना प्रहरी नियन्त्रणमा


अंकुरण खबर
728
Shares

आज अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ५ सय ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान ७ बजेसम्ममा लकडाउन उल्लङ्घन गर्ने  काठमाडौंबाट ४ सय ३० जना र ललितपुरबाट १ सय ३० जना गरी ५ सय ६० जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अत्यावश्यक कामको लागि निस्किएकाहरुलाई भने आउजाउ गर्न दिइएको  प्रहरीले जनाएको छ । लकडाउन उल्लङ्घन गर्नेहरुलाई दुई घण्टा नियन्त्रणमा लिएर फर्काइने गरेको छ ।