logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ताप्लेजुङका आगलागी पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न कांग्रेसको माग


अंकुरण खबर
663
Shares

नेपाली कांग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरबारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति १० बजेदेखि सुरु भएको आगलागी शनिबार बिहान ५ बजे नियन्त्रणमा आउँदासम्म सात घर र केही पसल पूर्णरुपमा जलेर क्षति भएको थियो ।

कांग्रेस जिल्ला कार्यालयको भवनमा समेत आगलागीबाट सामान्य क्षति भएको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्तिमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीका कारण आफ्नो आवासगृहसहित धनसम्पत्ति गुमाएका परिवारजनमा सहानुभूति प्रकट गरेका छन् ।

साथै उनले आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहतको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।