logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुम्बाबाट पूजाका सामग्री चोरीमा संलग्न रहेको अभियोगमा तीन पक्राउ


अंकुरण खबर
1.651K
Shares

सोलुखुम्बुस्थित पाङ्बोचे गुम्बाबाट पूजाका सामग्री चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–२ बुङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका–४ पाङबोचे बस्ने २५ वर्षीय राजेश राई, भोजपुर ट्याम्केमयु गाउँपालिका घर भई सोलुखुम्बु खुम्बु पासाङल्हमु गाउँपालिका–४ दिंबोचे बस्ने ३९ वर्षीय राजेश राई र सोलुखुम्बु माहाकुलुङ गाउँपालिका–२ पेल्माङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका–४ फोर्चे बस्ने २७ वर्षीय मदन राई रहेका छन् ।

२०७६ भदौमा गुम्बाबाट पूजाका सामग्रीहरु पुरानो जाम्टा ३ जोर, पुरानो शंख २ थान, सनाही १ जोर, पुरानो काक्लिङ १ जोर, पुरानो ‘नि’ माला, नर्थ फेस टेन्ट १ थान, कम्वल ४ थान र भेटी रकम १५ हजार रुपैयाँ चोरी हुनुको साथै पुरानो मूर्ति तोडफोड भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहरेको छ ।