कोरोना संक्रमण नियन्त्रणका लागि डेढ महिनादेखि लकडाउन लागु गरिएपनि भारतमा केही दिनदेखि संक्रमितको संख्या बढदै गएको छ ।
आइतबार एकै दिन भारतमा २ हजार ८ सय ६ जना संक्रमित थपिएका छन । यो भारतमा एकै दिन देखा परेको अहिलेसम्मकै उच्च संख्या हो ।
संक्रमणबाट भारतमा आइतबार मात्रै ६८ जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ९१ पुगेको छ । भारतमा संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ । संक्रमितमध्ये ११ हजारभन्दा धेरै उपचारपछि ठिक भएका छन् ।
भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ । संक्रमितमध्ये १२ हजार सो राज्यका छन् । संक्रमण तीब्र हुँदै गएपछि भारतमा आगामी जेठ ४ गतेसम्मका लागि लकडाउन थपिएको छ ।