रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान बस्ने २६ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन् । आइतबार राति आफ्नै घरमा बिजुलीको चिम फेर्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
घाइते तामाङको नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।