logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट बेलायतमा फेरि एक नेपालीको मृत्यु


अंकुरण खबर
585
Shares

बेलायतमा कोरोना भाइरस संक्रमणबाट फेरि एक नेपालीको मृत्यु भएको छ ।

कोरोनाबाट सोमबार पर्वत चारभञ्याङका नारायण कोन्मे गुरूङको मृत्यु भएको हो ।

रुघाखोकीले ग्रस्त भएपछि गुरुङलाई एक साताअघि ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । उनको सघन उपचारकक्षमा राखी उपचार गरे पनि बचाउन नसकिएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए ।

कोन्मे कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका दिए । पछि बीचैमा जागिर छाडेर नेपाल फर्किए । पुनः औपचारिक अध्ययन गरी २०२७ सालमा एसएलसी उत्तीर्ण भए । स्नातकोत्तरसम्म अध्ययन पूरा गरी केही वर्ष नेपालमै शिक्षण पेशा अपनाए ।

शिक्षण पेशा र सामाजिक कार्यमा लामो सक्रिय भएका गुरुङ केही वर्षअघि बेलायत गएका हुन् । उनी बेलायतको ननिटनमा पत्नी छोरी र दुई छोरासहित बस्दै आएका थिए ।