logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो


अंकुरण खबर
1.014K
Shares

भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमणका घटनाहरू द्रुत गतिमा बढिरहेका छन्।

पछिल्लो ५ दिनको अवधिमा मात्र ११ हजार बढी कोरोनाका नयाँ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। बुधबार सम्ममा कोरोना संक्रमित बिरामीहरुको संख्या बढेर ४९ हजार ३९१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकका अनुसार देशभर १६ सय बढि मानिसको मृत्यु भएको छ। संक्रमितमध्ये हालसम्म १४ हजार मानिस निको भएर घर फर्केका छन्। कोरोना संक्रमितहरुमध्ये महाराष्ट्र, गुजरात र नयाँदिल्ली सर्वाधिक प्रभावित क्षेत्र देखिएका छन्।

महाराष्ट्रमा सबैभन्दा बढी १५ हजार ५२५ जना संक्रमित देखिएका छन् भने गुजरातमा ६ हजार २४५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

दिल्लीमा भने कोरोना संक्रमितको संख्या ५ हजार १०४ जना रहेको छ । यस्तै राजस्थानमा ३ हजार १९३ जनामा कोरोनाको संक्रमण देखिएको राज्य स्वास्थ्य विभागले जनाएको छ ।