कञ्चनपुर, महाकाली नगरपालिका-६ शान्तिटोलका नौ वर्षीय बालक महेन्द्र नेपाली खेल्ने क्रममा विष्फोटक पदार्थ पड्किएर घाइते भएका छन् ।
महाकाली नदी किनाराको पटेराघारीमा भेटिएको वस्तु खेलाउने क्रममा पड्किँदा नेपाली आज घाइते भएका हुन् । घाइते बालकको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
विष्फोटक पदार्थ कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।