प्रतिनिधि तथा राष्ट्रिय सभाका सांसदहरुको कोरोना संक्रमण परीक्षण गर्न सुरु भएको छ ।
आज बिहान १० बजेदेखि सांसदहरुको पीसीआर प्रविधिबाट परीक्षण गरिदैंछ । त्यसको लागि आज बिहान उनीहरुको स्वाव संकलन गरिएको हो ।
सरकारले भोलिको लागि वर्षे अधिवेशन बोलाएको छ । त्यसैले जिल्ला बाहिर गएका सांसदहरुको कोरोना संक्रमण हुन सक्ने आशंकामा परीक्षण गरिएको हो । त्यस्तै व्यवस्थापिका संसदमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको परीक्षण गरिन लागेको हो ।
आज बिहानै परीक्षणका लागि सासंद तथा मन्त्रीहरु बानेश्वरस्थित संसद भवन पुगेको जनाइएको छ ।