logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सांसदहरुको कोरोना रिपोर्ट आजै आउने, कोरोना रिपोर्ट नदेखाई बैठकमा प्रवेश निषेध


अंकुरण खबर
715
Shares

संघीय संसदका सांसदहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

भोलि (शुक्रबार) बाट सुरु हुने बजेट अधिवेशनमा सहभागी हुने सांसदहरुको आज बिहान १० बजेबाट पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न स्वाब लिइएको हो। कोरोना रिपोर्ट नदेखाई बैठकमा प्रवेश निषेध गरिने जनाएको छ ।

शुरूमा राष्ट्रियसभाका सदस्यहरूको र त्यसपछि प्रतिनिधिसभाका सांसदहरूको स्वाब लिइएको हो। सबै सांसदहरूको रिपोर्ट आजै आइसक्ने जनाइएको छ ।

संसद सचिवालयले शुक्रबारबाट सुरु हुने बैठकका लागि पीसीआर टेष्ट गर्ने, सामाजिक दूरी कायम गर्न दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउनेलगायतका सतर्कता अपनाउन लागेको छ ।