logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोल्पामा चट्याङ लागेर दुईजनाको मृत्यु


अंकुरण खबर
923
Shares

चट्याङ लागेर रोल्पा जिल्लाको लुंग्री गाउँपालिका-२ सिर्पका दुई जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान चट्याङ लागेर ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको मृत्यु भएको हो ।

चट्याङमा परी विक भान्छा कोठा नजिकै र पुन शौचालय जाँदै गरेका बेला चट्याङमा परेकोले दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै सिर्पमा रहेको प्रहरी टोली घटनास्थल पुगेर घटनाको मुचुल्का उठाएको छ । शव पोष्टमार्टमका लागि सुलिचौर राखिएको छ ।

भिमबहादुरको नातिनीको शरीरमा चट्याङका कारण फोका उठेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।