logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साइप्रसमा चक्कु प्रहार गरि एक नेपाली विद्याथीले अर्का नेपालीको लिए ज्यान


अंकुरण खबर
1.599K
Shares

साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थी बीच झगडा हुँदा एक नेपालीको हत्या भएको छ ।

सँगै कोठामा बस्दै आएका विद्यार्थीहरुबीच झगडा हुँदा एक जनाको ज्यान गएको हो । साईप्रसको राजधानी निकोसिया नजिक ईभिचिउमा एउटै कोठामा बस्ने साथीहरु बीच विवाद हुँदा चितवनका २१ वर्षीय विवेक अम्मगाईको मंगलवार साँझ हत्या भएको छ ।

उनलाई सोही कोठामा बस्ने अर्का विद्यार्थी २२ वर्षीय सुवास गिरीले चक्कु प्रहार गरेको इनेप्लिजले उल्लेख गरेको छ । गिरी र अम्मगाईबीच घरको काम गर्ने विषयलाई लिएर झगडाले उग्ररूप लिएपछि अमागाईको छुरी प्रहार गरि हत्या भएको हो ।

प्रहरीका अनुसार चक्कु प्रहार गर्ने गिरी अम्मगाईको हत्यापछि आफै प्रहरी चौकीमा आत्मसमर्पण गरेका थिए । ५ जना विद्यार्थी बस्दै आएको फ्ल्याटमा रक्सी खाएर आपसमा झगडा गरेको प्रहरीले जनाएको छ ।

हत्याको अभियोगमा बाँकी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी घटना स्थलमा पुग्दा अम्मगाई रगतले लत्पतिएको अवस्थामा थिए । उनलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन ।

अम्मगाई करिब डेढ बर्ष अघि र गिरी दुई वर्षअघि विद्यार्थी भिसामा त्यहाँ पुगेको बताइएको छ।