logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मापसे गरेर एम्बुलेन्स चलाउँदा गौशालामा दुर्घटना


अंकुरण खबर
780
Shares

गौशालामा एक चालकले मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउँदा एम्बुलेन्स दुर्घटनामा परेको छ ।

बिहीबार दिउँसो बा८६ ६९२८ नम्बरको एम्बुलेन्सले बा १० च ८५१३ नम्बरको ग्राण्डी अस्पतालको कारलाई ठक्कर दिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनापछि प्रहरीले चेकजाँच गर्दा एम्बुलेन्स चालक मोरङ, पथरीका ३६ वर्षीय रामबहादुर चौधरीले मापसे गरेर सवारी चलाएको पाइएको छ । यी एम्बुलेन्स चालकसँग लाइसेन्स समेत नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । दुवै सवारी र चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ ।