logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देखि बैंक तथा वित्तीय संस्था सबै खुल्ने


अंकुरण खबर
832
Shares

सरकारले लकडाउनकै समयमा उद्योग तथा कार्यालयहरू सर्तसहित खोल्न सकिने जनाएसँगै बैंक तथा वित्तीय संस्थाका सबै शाखा सञ्चालनमा आउने भएका छन् ।

जोखिमका बाबजुद न्युनतम सेवा प्रदान गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सबै शाखा आजदेखि सञ्चालन हुने भएका हुन् ।

तर कार्यालयमा एक तिहाई कर्मचारीले मात्र काम गर्नेछन् । सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छ ।

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न शाखा आलोपालो सञ्चालन गर्दै आएका थिए ।