logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज


अंकुरण खबर
910
Shares

विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका २५ जना कोरोना संक्रमितहरुमध्ये आठ जना डिस्चार्ज भएका छन् ।

लगातार तीन पटक गरिएको स्वाब परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई शुक्रबार दिउँसो डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा भारतिय एक जना, विराटनगरका दुई जना र उदयपुरको भुल्केका ५ जना रहेका छन् । उनीहरुलाई बैशाख ८ गते संक्रमण पाईएपछि उपचारका लागि कोरोना विशेष उपचार केन्द्रमा ल्याइएको थियो । कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।

यो सँगै नेपालभर कोरोना संक्रमण पछि निको हुनेको संख्या ३० पुगेको छ । ३० मध्ये तीनजनाको रिपोर्ट पुनः पोजेटिभ आएका कारण अस्पताल भर्ना भएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म १०१ रहेको छ ।