logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०२


अंकुरण खबर
767
Shares

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । नेपालमा कोरोना देखिएका १०२ मध्ये ३० जना निको भएर घर फर्किएका छन् भने ७२ जनाको उपचार भइरहेको छ । संक्रमितमध्ये ७४ जना पुरुष छन् भने २८ जना महिला छन् ।