logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छिमेकीलाई कुटपिट गरेको आरोपमा सुर्खेतमा १ जना पक्राउ


अंकुरण खबर
702
Shares

छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सुर्खेत प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा वीरेन्द्रनगर नगरपालिका-११ गाग्रेताल बस्ने २७ वर्षीय राजेश बिक छन् । विकलाई बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

विकले सोही ठाउँ बस्ने २७ वर्षीय पुरुषलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

विकको कुटपिटबाट घाइतेलाई उपचारको लागि देउती नर्सिङ होम सुर्खेतमा भर्ना गरिएको प्रहरीले जानकारी दिए ।