logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतले नेपाली भूमि प्रयोग गरि सडक बनाएकोमा नेपाल सरकारको आपत्ति : परराष्ट्र मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति


अंकुरण खबर
1.586K
Shares

भारतले नेपाली भूमि अतिक्रमण गर्दा समेत सरकारले केही कदम चालेन भन्ने चौतर्फी बिरोध भैरहदा पराष्ट्र मन्त्रालय भारतलाई नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न आग्रह गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरेको हो ।

भारतले नेपाली भूमाग मिचेर धार्मिक स्थल मानसरोवसम्म जोड्ने सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि सरकारको अघिकारिक प्रतिक्रिया आएको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ले भारतले निर्माण गरेर उद्घाटन गरेको त्यो रोडमा नेपाली भूभाग रहेको बताएको छ ।

सुगौली सन्धिअनुसार लिम्पीयाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली नदीको पूर्वक्षेत्रहरू नेपालको हो भनेर सरकारले भारतीय पक्षलाई स्मरण गराएको छ ।

परराष्ट्रले एकपक्षीय कार्य दुई देशहरूबीच भएको समझदारीविरुद्ध रहेको औँल्याउँदै सीमा विवादको समाधान वार्ताबाट खोजिने बताएको छ । सरकार २ देशबीचको घनिष्ठ र मैत्री सम्बन्धको भावना राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शाको आधारमा सीमाका मुद्दाहरूको कूटनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।