अचानक आएको हावाहुरीले पश्चिम तराईमा दिउसै अन्धकार बनेको छ । हावाहुरीको बितण्डासँगै तराई क्षेत्रमा अध्यारो देखिएको हो।
हावाहुरीसँगै अहिले त्यहाँ पानी पनि परिरहेको बताइएको छ। एक्कासी चलेको हावाहुरीले सो क्षेत्रमा विद्युत समेत अवरुद्ध भएको छ। मौसम पूर्वानुमान महाशाखाले सुदुरपश्चिममा न्यून चापीय प्रणालीको प्रभाव सूरु भएकाले अब त्यो विस्तारै पूर्वतिर प्रवेश गर्ने जनाएको छ।
महाशाखाले एक विज्ञप्ति मार्फत आगामी ३ दिन वर्षाको सम्भावना रहेको समेत जनाएको छ।
