logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित व्यक्तिहरुको संख्या १२० पुग्यो


अंकुरण खबर
1.157K
Shares

नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ५ तथा बुद्धभुमि नगरपालिका वडा नं ७ र १० मा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको छ । संक्रमित मध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।