logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वराज्यमन्त्री कुन्ती शाहीसहित १५ जना पक्राउ


अंकुरण खबर
1.43K
Shares

सीमा अतिक्रमणको विरुद्धमा प्रदर्शनको तयारीमा रहेका पूर्व राज्यमन्त्री कुन्ती शाहीसहित राप्रपाका १५ नेतारकार्यकर्ता पक्राउ परेका छन्।

प्रदर्शनको तयारी गरिरहेको बेला उनीहरूलाई प्रदर्शनीमार्गबाट पक्राउ गरिएको कमलपोखरी वृतका डीएसपी भरत बिकले जानकारी दिए। लकडाउनको उल्लंघन गर्दै प्रदर्शन गर्ने तयारी गरेकोले पक्राउ गरेर भृकुटीमण्डप प्रहरी कार्यालयमा राखिएको बिकले बताए।

पक्राउ पर्नेमा सरस्वती लामा, प्रकाश रिमाल, महेश सिंह, मणि सिंखडा, कैलास कटुवाल, शशी भण्डारी, निराजन बम छन्।

त्यसैगरी जगदिश राजभण्डारी, जनक फडेरा, सन्तोषी शाही, हिक्मत कार्की, गुणराज राजभण्डारी, अभिषेक अधिकारी र विशाल राउत पक्राउ परेका छन्।