logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली आज पुनः सिंगापुर जाँदै


अंकुरण खबर
3.107K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज पुनः सिंगापुर जाँदै छन् । दिउँसो साढे एक बजे उनी थाइ एयरको विमान मार्फत सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले गत साउन १८ गते सिंगापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर साउन २७ गते काठमाडौं फर्केका थिए । परीक्षणमा संग्लन चिकित्सकको सुझाव अनुसार थप परीक्षणका लागि प्रधानमन्त्री पुन त्यसतर्फ जान लागेका हुन् ।

ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पछिल्लो समय प्रधानमन्त्रीको एकदशक अघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या देखिएको बताइएको छ । चिकित्सकहरुले उनलाई मृगौला पुन प्रत्यारोपण गर्ने सुझाव समेत दिएका छन् ।