logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगन्जमा पत्रकारमा पनि भेटियो कोरोना


अंकुरण खबर
767
Shares

नेपालमा पहिलो पटक पत्रकार पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन्।

पर्सामा मंगलबार संक्रमण पुष्टि भएका ३९ जनामध्ये चार जना पत्रकारमा पनि संक्रमण भेटिएको हो। नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो। वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले भने चार जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको र आज संक्रमण पुष्टि भएकामध्ये अरु पनि पत्रकार भए नभएको एकिन गर्ने काम भइरहेको जानकारी दिए।

संक्रमित पत्रकारहरु दुई दिनअघिसम्म पनि जिल्लाका अन्य पत्रकारसँगै आन्दोलनमा रहेको, उनीहरु निकट रहेर काम गरेको हुँदा वीरगञ्जका सबै पत्रकारहरु पीसीआर परीक्षणको तयारीमा छन्।