logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना अपडेट : संक्रमणबाट १७ जिल्ला प्रभावित, उच्च जोखिममा कुन कुन परे?


अंकुरण खबर
767
Shares

नेपालमा हालसम्म १७ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार एकै दिन ५७ जनामा संक्रमण देखिएको छ । जम्मा एक सय ९१ जनामा मा संक्रमण देखिएकोमा ३३ जना निको भइसकेका छन् ।

सबैभन्दा धेरै संक्रमित पर्सा जिल्लामा छन् । जहाँ संक्रमितको संख्या ६४ पुगेको छ । मंगलबार मात्र ३९ जनामा संक्रमण देखिएको थियो ।

उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा पाँच तथा कैलालीमा चार जनामा संक्रमण भेटिएको हो । त्यस्तै बारामा तीन, चितवन, बाग्लुङ र झापामा २/३ तथा, भोजपुर, बर्दिया, कञ्चनपुर, सर्लाही र सप्तरीमा १/१ जनामा संक्रमण देखिएको छ ।

लकडाउनका बाबजुत नेपालमा समुदाय तहमा संक्रमण फैलिएको छ । जून निकै जोखिमपूर्ण भएको बताइएको छ । छिमेकी देश भारतमा पनि उच्च दरमा बढेको छ । जहाँ सोमबार ४२ सयमा संक्रमण देखिएको थियो । भारतमा संक्रमितको संख्या ६० हजार नाघेको छ । खुला सीमाका कारण भारतबाट आउनेहरुबाट नेपालमा संक्रमण बढेको हो ।