काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार राति १० बजे भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको हो ।
यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।