भक्तपुरमा कोरोनाभाइरस संक्रमित भएकी महिला नर्स भएको खुलेको छ ।
सुनसरीबाट केही दिनअघि मात्र काठमाडौं मोटरसाइकलमा आएकी उनी एक निजी अस्पतालमा काम गर्ने गरेकी छिन् ।
२५ वर्षकी यी महिला धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रमा समेत गएकी थिइन् । अब त्यहाँ उनका साथीहरुको पनि कोरोनाभाइरस परीक्षण गर्ने तयारी भएको छ ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण दुई नर्समा देखिएको छ ।
मंगलबारमात्र कपिलवस्तुमा पनि एक नर्समा कोरोनाभाइरस संक्रमण देखिएको थियो । उनी स्थानीय एक अस्पतालमा काम गर्थिन् । घरबाटै आउजाउ गर्ने भएकाले उनको परिवार र अस्पतालका सबैको कोरोनाभाइरस संक्रमण परीक्षणको तयारी भएको छ।