logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण


अंकुरण खबर
1.131K
Shares

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ।

साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीनरतीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ।

साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ। सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ। साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९२५ पुगेको छ। सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७  निको भएका छन्। हालसम्म २६४ सङ्क्रमितको मृत्यु भएको छ। रासस