चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ ।
बुधबार विहान चीनको चेङ्दुबाट मेडिकल समाग्री लिएर आएको चिनियाँ जनमुक्ति सेनाको विमान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको हो ।
चिनियाँ राजदूतावासको पहलमा मेडिकल सामाग्री ढुवानीका लागि चिनियाँ जनमुक्ति सेनाको विमानमार्फत् उडान भएको थियो ।
यसमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले बताए । ‘यो सामग्री नेपाली सेनाका लागि सहयोगबापत आएका हो,’ ती अधिकारीले भने, ‘कोभिड–१९ विरुद्ध लड्न सेनाले यो सामग्री प्रयोग गर्नेछ ।’
सेनाले कति परिमाणको मेडिकल समाग्री प्राप्त ग¥यो भन्ने खुलाइएको छैन । यसअघि चीन सरकारले नेपाल सरकारलाई पनि मेडिकल सामग्री सहयोग गरेको थियो ।