logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा थप एक युवकमा कोरोना कोरोना पुष्टि


अंकुरण खबर
767
Shares

कपिलवस्तुमा थप एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए ।

यस अघि बुधबार धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ८ का ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो। दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । यस्तै ३४ जना निको भएर घर फर्किएका छन् ।