महिलामाथि चरित्रहत्या हुने खालका अपशब्द बोलेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन्।
जिल्लाको सिरानचोक गाउँपालिका–१ केराबारी स्थायी घर भएका ६१ वर्षीय महादेव रेग्मी, २३ वर्षीय होमबहादुर रेग्मी र २७ वर्षीय दीपेन्द्र दाहाललाई मङ्गलबार पक्राउ गरिएको हो ।
सोही ठाउँकी १९ वर्षीया युवतीलाई यही वैशाख ५ गते सिम्पानी खेतस्थित सार्वजनिक स्थानमा चरित्रहत्या हुने खालका अपशब्द बोली बदनाम गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुविरुद्ध सार्वजनिक हितविरुद्धको कसुर (अभ्रद्र व्यवहार) शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।
पक्राउ परेका तीन जनामाथि जिल्ला प्रसासन कार्यालय गोरखाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।