logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रालयले सच्यायो विवरण, नेपालमा हालसम्म कोरोना संक्रमित २४५ मात्र


अंकुरण खबर
1.352K
Shares

स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ मात्र रहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांक गलत रहेको भन्दै पुन:सच्याएको हो।

केही मिनेटको फरकमा मन्त्रालयले निकालेको अन्तिम विज्ञप्तिमा थप पाँच जना कोरोना संक्रमित थपिएको बताएको थियो । तर, गल्ती सच्याउँदै मन्त्रालयले हालसम्म २४५ जनालाई मात्रै कोरोना देखिएको जनाएको छ ।

प्राविधिक कारणले पहिला नै पुष्टि भएका ५ जनाको विवरण पुन रिपोर्टिङ भएको भन्दै हालसम्म संक्रमितको संख्या २४५ मात्र रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।