logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना परीक्षणको दायरा बढाउन सर्वोच्चको आदेश


अंकुरण खबर
949
Shares

काठमाडौं कोरोना भाइरस संक्रमणको दर बढ्दै गइरहेका बेला सर्वोच्च अदालतले सरकारलाई पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ।

तत्काल रोग नियन्त्रण गरी आमनागरिकको जीवनरक्षा गर्नुपर्ने अवस्था देखिएको भन्दै सर्वोच्चले तत्काल पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले परीक्षण किटको अभाव नहुनका लागि आवश्यक पहल गर्न पनि आदेश दिएको छ।

अधिवक्ता कमलबहादुर खत्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै शर्माले उक्त आदेश गरेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

रिट निवेदनमाथि अधिवक्ताहरु सन्तोष भण्डारी, लक्ष्मी नानी थापा, सुजन नेपाल, नवराज पाण्डेलगायतले बहस गरेका थिए।