logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

दाङमा पच्चीसैजना पत्रकारहरुको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
793
Shares

दाङमा संकलन गरिएको २५ जना पत्रकारहरुको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार स्वाब संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

देशका विभन्न क्षेत्रहरुमा पत्रकारहरुलाई कोरोना भाइरस पुष्टि भएपछि नेपाल पत्रकार महासंघ दाङले २५ जना पत्रकारहरुको बुधबार स्वाब संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।

प्रतिष्ठानले बिहीवार २५ जना पत्रकार सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।