logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लकडाउन झन् कडा, ७७ वटै जिल्लाबाट जारी सबै पास खारेज


अंकुरण खबर
975
Shares

गृह मन्त्रालयले सवारी आवागमनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी सबै पास खारेज गरेको छ।

जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धित जिल्लाभित्र र बाहिर आवागमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयले जनाएको छ।

अबदेखि गृह मन्त्रालयको अनुमतिमा मात्रै पास दिइनेछ। यस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा जाने पास पनि खारेज गरिएको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए।

उनले जिल्लाभित्रै एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी दिइएका पास शनिबारदेखि लागू हुने गरी खारेज गरिएको बताए। उनका अनुसार यो नियम काठमाडौं उपत्यकाको हकमा पनि लागू हुनेछ।

सञ्चाकर्मीले भने सूचना विभागबाट जारी पास लिएर आवागमन गर्न पाउनेछन्। काठमाडौं उपत्यकामा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि लकडाउन थप कडा गर्न यस्तो निर्णय लिइएको बताइएको छ।