logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित भागे अब प्रहरीले गोली हान्ने


अंकुरण खबर
1.339K
Shares

नेपालका केहि अस्पताल र क्वारेन्टाइनमा कोरोना आशंकित बिरामीहरु भाग्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालयले कडा निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले अब कोरोना संक्रमित कोही भागेमा गोली हानेर नियन्त्रणमा लिन सक्ने अधिकार सुरक्षाकर्मीलाई दिएको छ ।

हिजो (बिहीबार) प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो अधिकार दिएको हो ।

गत बुधबार मात्र वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट दुई जना कोरोना संक्रमित शौचालय जाने बहानामा भागेका थिए । प्रहरीले उनीहरूलाई पछि पक्राउ गरेको थियो ।

उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा कोरोना संक्रमित अस्पतालबाट भागेका थिए ।