सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।
बैठकले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल गर्ने सहमति गरेको छ ।
शुक्रबार नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने जानकारी दिएका छन् ।
‘आजको बैठकमा त्यसको कुनै टुङ्गो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा केही छलफल होला’ उनले भने ।
यसअघि सचिवालय बैठकले वैशाख २४ गते र ३० गते निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।
सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम शुक्रबार ल्याउँदैछ । शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुको सुझाव मागेका प्रवक्ता श्रेष्ठले बताए ।