logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा लकडाउन थप कडाई, भित्री गल्लीमा निस्किए पनि पक्राउ गरिने


अंकुरण खबर
1.508K
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनमा थप कडाई गर्ने भएको छ ।

उपत्यकामा पनि कोरोना संक्रमित बढिरहँदा जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दे गल्लीभित्र निस्किए पनि पक्राउ गर्ने  भएको हो ।

गृह मन्त्रालयको निर्देशनसँगै शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको हो । यसअघि मुख्य सडकमा केन्द्रित लकडाउन यो निर्णयसँगै भित्री गल्लीहरुमा पनि लागू हुनेछ ।

जिल्ला प्रशासन कार्यालयले निलो रङ्गको नयाँ पास जारी गर्ने तयारी पनि गरेको छ । यस्तो पास अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारी साधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने गरी प्रशासनले व्यवस्थापन गरेको छ ।