logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको मृत्यु ,अस्पतालको आकस्मिक कक्ष सिल गरियो


अंकुरण खबर
1.235K
Shares

कोरोना भाइरस परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया सुत्केरी महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ  ।

धुलिखेल अस्पतालले मृत्युबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी त्यी महिलाको मृत्यु भएपछि अस्पतालले उनको स्वाब पुनः परीक्षणका लागि टेकु अस्पताल पठाइएको जनाएको छ । अस्पतालका अनुसार ती महिलामा कोरोना पोजिटिभ आएको छ ।

उनको मृत्यु भएपछि अहिले धुलिखेल अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ ।