यौनिक तथा लैङिगक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुको लागी पैरवी गदै आएको संस्था मितिनी नेपालले आज अनलाइन बैठक (भर्चुअल बैठक) सम्पन्न गरेको छ ।
उक्त बैठकमा एलजीबीटीआई समुदायका व्यक्तिहरु, विभीन्न संस्थामा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कोरोना महामारीका कारण लकडाउन हुँदा यौनिक तथा लैङिगक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुमा पनि दैनिक गुजारा चलाउन समस्या परेकोले के कसरी सरकारी तहबाट राहतको प्याकेज उपल्ब्ध गराउन सकिन्छ एवंम समस्याको निराकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा बैठक गरिएको थियो ।
कोरोना भाइरसको महाब्याधी फैलिएसंगै जनजीवन अत्यन्त असहज बनेको र लकडाउन जारी रहेकाले खुला रूपमा बृहत कार्यक्रम र भिडभाड गर्ने अवस्था नभएकाले मितिनी नेपालले अनलाइन मार्फत कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त छलफलमा एलजीबीटीआई समुदायका ब्यक्तिहरुको स्वास्थ्य अवस्थाको बारेमा समेत चर्चा गरिएको थियो । बैठकमा आउदै गरेको मे १७ होमोफोयिबा डे यस विशम परिस्थीमा मनाउन नसकेपनि अनलाइन बैठकबाट सम्पन्न गरिने कुरा कार्यकारी निर्देशक सरिता केसीले जानकारी गराइन् ।