logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको परिवारको स्वाब संकलन, उनीहरुलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी


अंकुरण खबर
845
Shares

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको परिवारको स्वाब संकलन गरिएको छ ।

उनीसँगै आएका परिवारका सदस्य साथै १० दिने शिशुको पनि परीक्षण गर्न स्वाब झिकिएको छ । परिवारका सदस्यलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।

धुलिखेल अस्पतालमा बिहीबार राति भर्ना भएकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सार्वजनिक भएपछि स्वास्थ्य सचिव कोइरालासहितको टोली धुलिखेल अस्पताल पुगेको छ । सुत्केरी महिलाको मृत्यु भएपछि त्यसको वास्तबिक कुरा पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले टोली त्यहाँ पुगेको हो।