logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धुलिखेलमा मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल


अंकुरण खबर
1.3K
Shares

धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित सङ्क्रमणलाई रोक्न उक्त गाउँ सिल गरिएको हो । सो नपाको वडा नं ९ तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ सिल गरिएको छ ।

ती महिलाको माइती बलेफी–९ मा पर्ने हुँदा उक्त क्षेत्र पनि सिल गरिएको छ । उक्त सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिइने भएको छ ।

सिल गरिएका ठाउँका स्थानीयलाई घर बाहिर निस्कन नदिइने र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासमेतलाई जिम्मा दिइएको छ ।