logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक व्यक्तिमा कोरोना संक्रमण भएको आशंकामा बर्दियाको लालपुर बन्द


अंकुरण खबर
1.157K
Shares

बर्दिया जिल्ला सदरमुकाम गुलरिया नगरपालिका-११, लालपुरका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको आशंकामा आजदेखि उक्त टोल पूर्णरूपले बन्द गरिएको छ।

उक्त टोलसंग जोडिएका सबै सडकबाट टोल आवागमनमा पूर्णरूपले रोक लगाइएको हो। स्वाथ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको सूचनामा बर्दिया नार्खु-११ का २८ वर्षीया महिलामा कोभिड-१९ पुष्टि भएको जनाइएको थियो।

बर्दियामा उक्त ठाउँ नै नभएको अवस्थामा संक्रमित भनिएका व्यक्तिको खोजी गर्दा गुलरिया-११ लालपुरको भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

लालपुर स्थायी घर भई काठमाडौंमा व्यवसाय गर्दै आएका व्यक्ति गत २९ वैशाखमा काठमाडौं फर्किएको बुझिएकाले लालपुर पूर्णरूपले बन्द गरिएको हो।

स्वास्थ्य मन्त्रालयले दिएको सूचनाका आधारमा कोरोना भाइरस संक्रमित लालपुरका हुन सक्ने आशंकामा बन्द गरिएका बारे अनुसन्धान अगाडि बढाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।