कोरोना भाइरस संक्रमण जोखिमका कारण जारी लकडाउनबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
यसअघि लागू गरिएको लकडाउन सोमबार सकिँदै छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
मन्त्रिपरिषद्को बैठकअघि लकडाउनको निरन्तरता र मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने कार्यक्रम छ ।
बैठकमा कोरोना संक्रमणको अवस्था र लकडाउनको स्वरुपबारे छलफल तथा समीक्षा हुनेछ । समितिले सुझाव दिएको आधारमा मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी र अवधिबारे निर्णय गर्नेछ ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि चैत ११ देखि मुलुक लकडाउनमा छ । यसअघि लागू गरिएको लकडाउन जेठ ५ गते सोमबार सकिँदै छ ।