logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारामा प्रहरी निरीक्षकसहित २५ प्रहरी क्वारेन्टाइनमा


अंकुरण खबर
3.718K
Shares

सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्दै गएपछि प्रहरीमा सतर्कता र चिन्ता बढेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा फाँटका एक प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएपछि प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा प्रहरी निरीक्षक एक, प्रहरी नायव निरीक्षक २ जना, प्रहरी निरीक्षक २ र बाँकी प्रहरी जवान, हवल्दार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

कलैयास्थित जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटका प्रहरी निरीक्षकसहित संक्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ प्रहरीलाई जिल्ला प्रहरी कार्यालयको नजिकै रहेको बाल मन्दिरको क्वारेन्टाइनमा राखिएको हो । त्यहाँ कार्यरत प्रहरी जवानमा शनिबार कोरोना पुष्टि भएको थियो ।