logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सार्लाहीमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ


अंकुरण खबर
1.69K
Shares

सार्लाहीमा पेस्तोल र गोलसहित दुईजना पक्राउ परेका छन् ।

प्रदेश-२ प्रहरी कार्यालय सर्लाही जनकपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विष्णु गाउँपालिका–३ का २५ वर्षीय मदन साह र भारतको सीतामढी बस्‍ने १९ वर्षीय अनिष साहलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट पेस्तोल २ थान, गोली ६ राउन्ड र म्यागजिन १ थान बरामद भएको प्रहरीले जनाएको छ । बीआर ३० एम ६७८७ नम्बरको मोटरसाइकल समेत उनीहरुबाट बारामद भएको छ ।