logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाकालीमा हाम फालिन् एक महिला, खोजी कार्य जारी


अंकुरण खबर
1.365K
Shares

महाकाली नदीमा एक जना महिलाले हाम फालेकी छन् ।

आइतबार मध्यान्ह जिल्लाको महाकाली-७ की स्थायी बासिन्दा रहेकी अन्दाजी ३२/३३ वर्षीया कुश्मा थापा महाकाली नदीमा हामफालेर बेपत्ता भएकी हुन् ।

महाकाली नदी किनाराको थारीगाढ भन्ने ठाउँबाट हाम फालेको सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी दिए । उनको खोजी कार्य जारी रहेको छ ।

घरायसी विवादका कारण उनी नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

उनका श्रीमानले दोस्रो विवाह गरेका थिए । प्रहरीले घटनाको विषयमा अनुसन्धान थालेको छ ।