logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाले मृत्यु भएकी महिलाको नवजात शिशुसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
897
Shares

कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका ५ सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यको कोरोना परीक्षण गरिएकोमा सबैजनाको नेगेटिभ रिपोर्ट आएको हो । धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा गरिएको कोरोना परीक्षणमा कसैलाई पनि संक्रमण नपाइएको बताए ।

सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरालाई जन्म दिएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । घर पुगेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

उनलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएकोमा  बिहीबार उनको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।