logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हृदयघातका कारण मलेशियामा एक नेपालीको मृत्यु


अंकुरण खबर
1.859K
Shares

मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।

जन्मथलो पाँचथर जिल्ला भई झापा हल्दिबारी स्थायी घर भएका हाल रोजगारको सिलसिलामा मलेसिया पुगेका जिबन कुमार घिसिंङको आइतवार मृत्यु भएको हो ।

अन्दाजी ३२ वर्षका उनको हृदयघातका कारण मृत्यु भएको उनको परिवार स्रोतले जनाएको छ ।

सात वर्ष अघि मलेशिया गएका जोरभारु कम्पनीमा कार्यरत उनको लकडाउनको समयमा आफ्नै कोठाको कुर्सीमा बसिरहेको क्रममा एक्कासी कुर्सीबाट लडि हृदयघातका कारण उनको मृत्यु भएको बताइएको छ ।