logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लिपुलेक, लिम्पियाधुरा विवादित भूमि होइन, नेपालको भूमि हो: प्रधानमन्त्री ओली


अंकुरण खबर
611
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमि फिर्ता गराएरै छोड्ने बताएका छन्।

संसदमा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सत्यमेव जयते हुने भन्दै, लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र विवादित भूमि नभइ नेपालको भएको बताए।

उनले लिपुलेक, लिम्पियाधुरासहितको नेपाली नक्सा भूमि फिर्ता गर्नको लागि जारी गरिएको बताए। ‘भारतीय सेना कालापानीमा बसेपछि कालापानीमा जान ब्लक भयौं। त्यसबेलाका शासकहरूले बोल्न डराए। वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिदैनौ।’ उनले भने।

उनले देखाउनको लागि मात्र नक्सा जारी नगरिएको बताए।