logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१ सय ९१ जना पत्रकारको कोरोना परीक्षणका लागि स्वाब संकलन


अंकुरण खबर
728
Shares

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा आज महासंघको केन्द्रीय कार्यालयमा अग्रमोर्चामा खटिएर काम गरिरहेका १ सय ९१ जना सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड –१९) परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

स्वाब संकलनका लागि खटिएका स्वास्थ्यकर्मीहरुलाई नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हालको अवस्थामा जोखिम मोलेर सेवा दिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सेवा दिने कर्मचारीप्रति हार्दिक धन्यबाद व्यक्त गरे । उनले आज स्वास्थ्य परीक्षण गरिएका सबै पत्रकारहरु कोरोना संक्रमणको जोखिम मोलेर सूचना संकलनमा अग्रस्थानमा खटिएका पत्रकार रहेको भन्दै परीक्षण गरिएका पत्रकारको नतिजा नेगेटिभ आउने आशा व्यक्त गरे ।

त्यस्तै मेडिकल ल्याब एसोसियसन अफ नेपाल (मेलान)का अध्यक्ष राजेन्द्र खड्काले कोरोना भाइरस नेपालमा समेत भित्रिसकेको अवस्थामा प्रयोगशालामा काम गर्ने जनशक्तिका लागि अति नै सम्वेदनशील रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।